नेपालै नरहे
झ्याउरे लयमा रचना गरिएको यस ‘नेपालै नरहे’ कविता राष्ट्र कवि
माधवप्रसाद घिमिरेको उच्चस्त्रवादि स्वर घन्किएको कविता हो l नेपाली माटो, नेपाली प्रकृति , विरता, संस्कृति जस्ता विषय माथि प्रकाश पार्दै नेपाल र नेपालीको परिचय कवितामा प्रस्तुत गरिएको छ l हिमालको काखमा
अवस्थित यस सुन्दर आकर्षक देश नेपाललाई आर्थिक सामाजिक उन्नतिले सजाउनु पर्ने
संदेश कवितामा भेटिन्छ l तराईको उर्वरता, हिमालको स्वच्छता, नेपालीको मौलिकता, नेपाली र नेपालको
चिनारी भनि नेपाललाई संसारकै सर्वोत्क्रिस्ट र सर्वोच्च भूमिको रुपमा कविले
प्रस्तुत गरेका छन् l
नेपाली संस्कृति, परम्परा, चाडपर्व, भाकामा नेपाली रम्ने
राष्ट्रिय भlब ब्यक्त गर्दै हाम्रा पुर्खाको बलिदान, समर्पण, त्याग युग्युगंतर
सम्म रहिरहने कवितामा भनिएको छ l चेतना, शिक्षा,सभ्यता धर्तीमा पुर्व
बाट सुरु भएकोले र हामी पूर्वका बासिन्दा हुनाले गौरवको अनुभव कवितामा प्रस्तुत
भएको छ l राष्ट्र को चिनारी अस्तित्व भए मात्र देशबासी परिचित हुने भावलाइ
प्रस्तुत गरिएको छ l देशको भूगोलमा रहेको स्थानको आ आफ्नै
महत्व हुने कुरा लाई प्रस्तुत गर्न कबि ले तराई लाइ सुन र हिमाललाइ हिरा संग तुलना गर्दै
राष्ट्र प्रति को सम्मान भाव व्यक्त गरेका छन् l
प्रश्नोत्तर
१. शब्दार्थ
आकाश →
गगन
उज्यालो →
प्रकाश
जित → विजय
टाकुरा → चुचुरा
तराइ → मधेश
ताल → सुर
पुर्खा → बाबुबाजे
बैसं
→ जवानी
सन्झ्याल → आँखीझ्याल
२.‘नै’ छोटकरीमा ‘ऐ’ हुन्छ । किनकी यसको
प्रयोग जोडदिन गरिन्छ ।
नेपालै नरहे गीतमा प्रयोग भएका शब्द
नेपालै – नेपाल नै
हिमाललै – हिमाल नै
सन्झ्यालै – सन्झ्याल नै
मादलै –
मादल नै
उज्यालै – उज्यालो नै
पठन बोध
१
प्रश्नहरु
अ)
उत्तर : : तराइमा सुन जस्तै अन्न फल्ने, अन्नको भण्डार हो ।
त्यसैले तराइलाई सुनको टुक्रा भनिएको हो ।
आ)
उत्तर : ‘धर्तीका’ छोरा भनेर किसानलाई
भनिएको हो ।
इ)
उत्तर : खेती उब्जाउन माटो र पानी
चाहिने हुँदा माटो र मानी पहिलो धन हुन् ।
ई)
उत्तर : सन्झ्याल भनेको मानव निर्मित एक
प्रकारको कलात्मक झ्याल हो । जसले पुर्खाको सम्झना गराउँछ । त्यही झ्यालको प्रयोगले
हामीले संसार चियाउँछौँ ।
उ)
उत्तर : नेपाल हामी सबैको राष्ट्र हो ।
नेपाल जहिले सम्म रहन्छ तहिले सम्म हाम्रो अस्तित्व पनि रहन्छ । यदि नेपालै नरहे
नेपाली, नेपाली रहन सक्दैनौ ।
२
अ)
उत्तर : आकाश छुने टाकुरा धेरै अग्ला
छन् ।ति टाकुरालाई भेटेर भेट्न सकिदैन । भन्नु हो ।
आ)
उत्तर : पुर्खाले धेरै पौरख गरेर यो
देशको हामी देशवासीको अस्तित्व बचाएका छन् । उनको पौरखी पाइला मेटेर मेटिन्न ।
ई)
उत्तर : पूर्वको पहिलो उज्यालोले हाम्रो
इतिहासलाई बोध गराउँछ ।
इ)
उत्तर : नेपालका अग्ला अग्ला टाकुरा
भएको, हाम्रा पुर्खाको पौरखी र पूवएको पहिलो उज्यालोले हाम्रो इतिहासलाई
बोध गराउने विशेषता यस अंशको मुख्य भाव हो ।
२.
उत्तर :
नेपाल एसिया महादेशमा पर्दछ । प्रत्येक
नेपालीको आत्मा र विश्वासमा नेपालको प्रगती र उन्नती छ । नेपालीको विश्वास जति
अग्लो हिमालको उचाइ छ । हिमाली टाकुरा हिराको टुक्रासँग दाँज्न सकिन्छ । हिराको टुक्रा जस्तै
मूल्यवान् हाम्रा हिमाली टाकुरा छन् । गितकारले तराइका उर्भर भुमिमा सुनका टुक्रा
फाक्ने भन्दै सुनका टुक्रा सँग दाजेका छन् । नेपालमा अनेकौँ चाडपर्वमा, मेलापात र
पाखापखेरामा झ्याली र मादल जस्ता लोक बाद्यबादनलाई यस गीतमा सगौरव स्थान दिएका छन्
। पुर्खाको गौरव र इतिहास हाम्रो साक्षीका रुपमा खाडा देखिन्छ । देश विकास गर्न
पुर्वको उज्यालोले प्रेरणा दिन्छ र चेतनाको पहिलो डाँकसँग हामी विउँझिएर सत्कर्म
गर्न प्रेरित हुन्छाँै । मरिश्रमी धर्तीपुत्रहरुले अभिसिञ्जन गरेको यो यो पवित्र
भूमी हामी सबैको गौरव हो
व्याकरण
१
कथ्य वर्ण :
अ आ इ उ ए ओ
क ख ग घ ङ
च छ ज झ
ट ठ ड ढ
त थ द ध न
प फ ब भ म
य र ल व
स ह
लेख्य वर्ण :
अ आ इ ई उ ऊ ऋ ए ऐ ओ औ अं अः
क ख ग घ ङ
च छ ज झ ञ
ट ठ ड ढ ण
त थ द ध न
प फ ब भ म
य र ल व श
ष स ह क्षे त्र ज्ञ
कथ्य वर्णमा नपरेका लख्य वर्णहरु :
ई ऊ ऐ औ अं अः
ञ ण श ष क्षे त्र ज्ञ
२)
त – दन्त्य
न – दन्तमूलीय
ल – दन्तमूलीय
र – दन्तमूलीय
ध – दन्त्य
क – कण्ठ्य
ट – दन्तमूलीय
र – दन्तमूलीय
स – दन्तमूलीय
ह – अतिकण्ठ्य
३)
द – स्पर्शी
र – कम्पित
ह – संघर्षी
य – अर्धस्वर
त – स्पर्शी
स – संघार्षी
ल – पाथ्र्विक
म – नासिक्य
न – नासिक्य
प – स्पर्शी
४)
अघोष : प छ क च स
सघोष : ज ल र ध न
५)
महाप्राण : ह ख झ छ भ
अल्पप्राण : क ट न र प
६)
उच्चारण स्थानको आधारमा :
भ – ओष्ठ्य
ग – कण्ठ्य
क – कण्ठ्यक
च – दन्तमूलीय
ज – दन्तमूलीय
ट – दन्तमूलीय
उच्चारण प्रयत्नका आधारमा
ठ – स्पर्शी
र – कम्पीत
न – नासिक्य
प – स्पर्शी
थ – स्पर्शी
७)
अघोष र सघोषमा
अघोष : क
सघोष : य ब भ न
अल्पप्राण र महाम्राणमा :
अल्प्राण : ग त र
महाप्राण : झ स फ भ
छ
बोध
प्रश्नहरु
क)
उत्तर: लेख्य परम्परा भएका नेपालका
भाषाहरु नेपाली, नेवारी, मैथिली, लिम्बु, भोजपुरी अवधी आदि छन्
।
ख)
उत्तर: नेपाली भाषा साहित्य, शैक्षिक प्रयोग
राष्ट्रभाषाका साथै सरकारी कामकाज आदिमा प्रयाग पाइन्छ । नेपाली भाषाको भुमिका
निर्वाह गर्न अझै आवश्यक विकास जरुरत छ ।
ग)
उत्तर: भाषा विकासको गति र स्तर
अभिवृद्धिलाई सम्बन्धित भाषभाषीहरुमा शैक्षिक स्तरको विकाश र भाषिक प्रतिवद्धताको
ठूलो महत्व रहन्छ । जति शिक्षित र साक्षरहरुको संख्या बढ्दै गयो अनि सम्बन्धित
भाषाको उन्नती र प्रगतिमा योगदान पु¥याउँछन् ।
घ)
उत्तर: अशिक्षित र निरक्षर समुदायका
भाषामा साहित्यिक कार्यक्रमा स१चालन गर्ने, सम्बन्धित ठाउँको पठन
पाठनमा त्यही ठाउँको भाषमा एक विषय पठन पाठन गराउने उनीहरुको शैक्ष्ँिक स्तरको
विकास गरेर भाषा संरक्षण गर्न सकिन्छ ।
ङ)
उत्तर:
माध्यम – आधार, बाटो
साक्षर – लेखन पढ्न सक्ने
निरक्षर – लेख्न नसक्ने, अक्षर नचिन्न
भाषाभाषी –
विभिन्न भाषाहरु
अभिव्यक्ति
अनुच्छेद लेखन
“नेपाल र नेपाली”
नेपाल बहुल जाति, बहुल भाषी मुलुक हो ।
नेपालमा धेरै जानजातिका जनाताको बसोबास पाइन्छ । नेपालको पुर्वी पहाडी जिल्लामा
लिम्बु तथा राइहरुको बाक्लो बसोबास छ । हिमाली प्रदेशमा शेर्पाहरुको बसोबास निकै
परिचित नै छ । पश्चिम तथा मध्य पश्चिम क्षेत्रमा गुरुङ्ग र थकाली तथा मगरहरु
बस्न्े गरेका छन् । मध्यामाञ्चलका पहाडी जिल्लाहरुमा तामाङ्ग र काठमाण्डौ
उपत्यकामा नेवारहरुको बाक्लो बसोबास देखिन्छ । पूर्वी तराईमा राजवंशी, सतार र झाँजडहरु छन्
भने जनकपुर क्षेत्र मैथिल समुदायको क्षेत्रमा निकै प्रचलित छ । लुम्बिनी देखी
नेपालगञ्जसम्म अवध समुदायको बसोबास पनि विभिन्न जातजातीहरु पर्दछन् । जति जाति
त्यतीनै भाषा संस्कृति रहेको हाम्रो देश नेपाल अत्यन्त सुन्दर मानिन्छ । नेपाल
त्यसैले जातीय विविधताको साझा फूलबारीका रुपमा लिन सकिन्छ ।छिमेकी
प्रथम आधुनिक कथाकार गुरुप्रसाद मैनाली
सामाजिक यथार्थवादी कथाकार हुन् l नेपाली समाजका
वास्तविक घटनालाई कथाको विषयवस्तु बनाउने कथाकार मैनाली घटना प्रधान कथा लेख्ने
कथाकार हुन् l ग्रामिण अशिक्षित परिवेश लाई अत्यन्त सजिब ढंगले प्रस्तुत गर्ने
कथाकार मैनालीका कथामा मार्मिकता, हार्दिकता, मानबियता, र जिवन्तता प्रस्तुत
भएको पाइन्छ l नेपाली जनजिब्रोमा उखान टुक्का थेगोलाई उपयुक्त पत्र द्वारा अनुकुल
परिबेशमा प्रस्तुत गर्ने हुनाले मैनालीका कथामा स्वाभाविकता, रोचकता र आकर्शकता
पाइन्छ l सरलता, सहजता उनका कथाका विशेषता भनेर चिनिन्छ l ११ वटा कथाको संग्रह ‘नासो’को एउटा कथा छिमेकी
पनि हो l
सामाजिक यथार्थवादी धरातलमा प्रस्तुत
भएको यस छिमेकी कथाको सिर्शक १ शब्दबाट निर्मित छ l छिमेकी भनेका नजिकै
बसोबास गर्ने व्यक्ति भन्ने बुझिन्छ कथाकारले कथाका प्रमुख पlत्रहरु गुम्ने र
धन्जिते मार्फत कथाको सन्देस ब्यक्त गरेका छन् l समाजमा घट्ने घटनालाई
बिषय वस्तु बनाइ छिमेकीको दायित्व र भूमिका लाइ
यहाँ प्रस्तुत गरिएको छ l बोलचाल नभएको अशक्त
छिमेकीलाई मानबिय नाताले सेवा गरेको छ l एउटा छिमेकीले
कर्तब्य भुल्यो भन्दैमा अर्को छिमेकी पनि खराब हुनु हु दैन भन्ने सन्देस कथाकारले
गुमाने मार्फत ब्यक्त गरेका छन् l छिमेकीले निजि
स्वार्थ र फाइदा लाई भुलेर सद्भाव र मनबताको भlब राख्नुपर्छ भन्ने कथाको मुलभाव लाई
कथाकारले गुमनेलाई त्यागी र महान बनाएर प्रस्तुत गरेका छन् l
छिमेकी दुख सुखका सहयात्री, एक अर्काको परिपुरक
हुनाले असल छिमेकीले सामान्य खटपट बिर्सनु पर्छ भन्ने भब कथामा पाईन्छ l बैगुनीलाई गुनले
मर्नुपर्छ भन्ने लोक आदर्शका कुरा लाई कथामा सन्देसको रुपमा ब्यक्त गरेको पाईन्छ l एक अर्काको
अस्तित्वमा संसार रहेकोले एउटालाई पर्दा अर्कोले मद्दत गर्नु पर्ने विचार पनि यस कथाको
मूल सन्देस हो l छिमेकी संग सुमधुर सम्बन्ध कायम गरिनुपर्छ र मिलनसारिता, समझ्दरिता, छिमेकीका बिशेषता भनि
कथाकारले चिनाएका छन् l
प्रश्नोत्तर
१)
कक्कड – सुर्तीको डाँठ कुटेर
धुम्रमानका लागि बनाइएको ओसिलो चुर्णर, कक्कर
टन्टलापूर – चर्काे र प्रचण्ड घाम
बुजु्रक – जान्ने सुन्ने अनुभवी
र समझदार व्यक्ति
छाडा – बन्धनमा नपरेको
ठट्यौलो – ठट्टा, मजाक गर्ने, रमाइलो स्वभावको
लुडो – घाँस, पात, पराल आदि बाट बनेको
सुति बेरेर मुखमा हाल्ने टुक्रा
तिरो – मालपोत, कुत वा बाली
ब्याज – ऋण लिएबापत साहुलाई
तिर्नुपर्ने धन
चक्को – चुल्हो बाउन प्रयोग
गरिएको ढुङ्गो
ताँद – धनुवाणको डोरी
२)
घुम – बाँसका चोया र रुख वा लहराका पातले
बनाइएको पानी पर्दा ओड्ने साधन
अर्मल – गाइबस्तुले खाएर
नोक्सान गरेको बालीको जरिमाना
तुजक – अनावस्यक फूर्ती, घमण्ड
निर्धो – धन, बल आदिले कमजोर, निमुखो
डाम्ना – गाइबस्तुलाई गाली
गर्दा भनिने शब्द
मिचाहा – थिचोमिचो गर्ने
तमासा – जात्रा, मेला आदिका देखाइने
मनोरञ्जनात्मक कार्यक्रम ।
आँठे – विरामी भएको आठ दिनमा मर्ने महामारी, म्यादी ज्वरो, टाइफाइट, विषमज्वर
गोर्खे लौरी – काँधमा र घुँडामुनी लौरो हाली बाधेर उठ्न बस्न नमिल्ने गरी दिइने
दन्ड
ठट –
जात्रा जस्तै
मान्छेको भिडभाड ।
३)
कन्सिरी तात्नु –
मदनको काम देखेर मेरो कन्सिरी तात्यो ।
इन्तु न चिन्तु हुनु –रामको मृत्युले उसको
प्रेमिका इन्तु त चिन्तु भइन ।
हात मिस्नु – सानो कुरामा हात मिस्नु गल्ती हो ।
उड्कनु – सिमाले जे मन लाग्यो त्यही उड्कीएर
बाबुको इज्जत फाली ।
बरबराउनु – छोरा निदायो की बर्बराउन थाल्छ ।
टट्टीनु – भेडा बाख्रा अहिलेसम्म घाममा टट्टीएका
छन् ।
बदख्वाइ गर्नु – नितेशले हिमेशलाई बदख्वाई गरेको मलाई चित्त बुझेको छैन ।
छाक टार्नु –
गरिबहरुलाई विहान बेलुका छाक टार्न धौ
धौ छ ।
आत्म बेच्नु –
गरिब भएपनि रिताले आत्मा बेच्ने काम
गर्दिन ।
४)
बैगुन – गुन नभएको “बैगुनी”
मलाम – साहारा जानु “मलामी”
नोक्सान – घाटा “नोक्सानी”
सिरान – तकिया “सिरानी”
चौतारो – उच्च आशन “चौतारी”
पठन बोध
अ)
उत्तर : यस प्रसंग भन्दा अगाडी गाउँमा आँठे
रोगको समस्या परेको थियो । यो माहामारीका रुपमा फैलिएको रोगले सारा गाउँनै सोतर
भएको थियो ।
आ)
उत्तर : पहिले त शत्रुको मुख
किन हेर्नु भनेर उसले वास्ता गरेन । पछि धनजितेको स्वास्नी समेत थला परेपछी
छिमेकीको महत्व बुझेर धनजीतेलाई स्याहार सुसार गर्न थाल्यो ।
इ)
उत्तर : भनिन्छ मर्दा पर्दा
आवश्यक पर्छ । तर दिन दशा, आपत विपत् पर्दा
छिमेकीको आवश्यक पर्छ । त्यस्तो नभएको भए मानिस किन छिमेकीको नजिक बस्नु पर्ने
थ्यो र ।
ई)
उत्तर : धनजितेलाई बलको घमण्ड
थियो । उसले मलाई सँधै यत्तिकै पुग्छ भन्ने सोच्थ्यो । उ व्यथाले लड्यो, उसको घमड तोडियो ।
उ)
उत्तर : कसैले लगाएको गुन
नदेख्ने मानिसलाई बैगुनी भनिन्छ । त्यस्ता मानिसलाई पनि सेवा सत्कार गरे उसको मन
पर्किन्छ र गुनको पारख पर्दछ । यसैलाई बैगुनीलाई गुनले मार्नू भनेको हो ।
ख)
अ)
उत्तर : यो भनाइ गुमानेको हो
। आशामरु साहले भारी खेप्न शहर जान्छन् कि भन्दा गुमानेले आशामरु साहुलाई भनेको हो
।
आ)
उत्तर : झगडाको कारण गुमानेका
गोरुले धनजितेको ब्याडमा परेर विउ खाइदिएको देखिन्छ ।
इ)
उत्तर : एउटै गाउँठाउँमा
बसेपछी झगडा भइहाल्छ । मानिस भएपछी झगडा भयो भन्दैमा धर्म छाड्ने गर्नु हुँदैन ।
ई)
उत्तर : मानिस छिमेकमा बसेपछी
एक अर्काम दुःख पर्दा लेनदेन, ऐचोपैचो, गर्नु एक अर्कालाई
सहयोग गरी राम्रो सम्बन्धमा विकास गर्नु, मिलेर बस्नु भन्नु हो
।
उ)
उत्तर : छिमेकमा बसेपछी एका
अर्कामा सहयोग गर्नु पर्छ । सहनशिलता हुनुपर्छ । सानो कुरामा मानिशले धर्म छाड्नु
हुँदैन । सबैको उपकार गर्नुपर्छ । एक आर्काको सहयोग गरी छिमेकीमा सद्भाव हुनुपर्छ ।
अभ्यास
१
क) उत्तर :
असारको बेलामा गुमानेको गोरुले धनिजतेको
व्याडमा पसेर आज भोली रोप्नुपर्ने विउ खाएपछी धनजिते आगो हुन्छ । गोरुलाई लगारी
लगारी चुट्न थाल्छ । गोरु चुटेको निहुँमा दुबै विचमा भनाभन हुन्छ । दुबैले हात
हालाहाल गरेपछी त्यही दिन देखी बोलचाल दुबैबीच बन्द हुन्छ ।
ख) उत्तर :
धर्मानन्द अलि ठट्यौला स्वभावका व्यक्ति
थिए । वीरसिक्का पढ्थे, गाउँका बुजु्रक हुँ भन्ने घमण्ड गर्थे
।मानिसलाई उडाएर तमासा गर्ने र त्यसको आनन्द लिने उनको स्वभाव थियो । धनजिते र
गुमानेका विच भनाभन भएपछी उनिहरुलाई लडाउने अवसर उनले पाए । उनैको कारण गुमाने
तातेको थियो । यस कथामा धर्मानन्दले मानिसलाई उक्साएर तमासा देखाउने भूमिकामा
खेलेका छन् ।
ग) उत्तर :
भदौको आधा महिना तिर गाउँमा आँठेको
माहामारी फैलेको थियो । गुमानेले त्यो देउताके दोष भन्थ्यो
। गाउँका सारा मानिस आए तर करेसा जोडिएको धनजिते आएन । आँठेले धनजिते र उसकी
स्वास्नीलाई समात्यो । दुबै थला परे । धनजितेलाई सहयोग गर्ने कोहि भएन । गाउँमा
धेरैलाई आँठे पर्यो । महिला त गुमानेले शत्रुको मुख के हेर्नु भनेर वास्ता गरेन
पछी एउटै सिरान गरेर सुतेपछी गोडा लाग्छ भन्दै धनजितेको स्याहार सुसार गर्यो ।
गुमानेको सेवाले धनजितेको मन फर्कियो । उसको होस खुल्यो र पछुतायो । त्यही घटनाले
दुबैको झगडा टुंगियो ।
२)
१. गुमानेका गोरु
धनजितेका ब्याडमा परेर विउ खाइदिएको निहुँमा गुमाने र धनजिते बीच झगडा पर्नु ।
२. धर्मानन्दले झगडा
बढाउन गुमानेलाई उकास्नु,
३. झगडा पछी दुबैको
बोलचाल बन्द हुनु,
४. गाउँमा आँठेको
माहामारी फैलिनु ,
५. धनजितेलाई व्यथाले
सिकिस्त पारेपछी मात्र गुमाने धनजितेको हेरचाहमा जानु,
६. धनजितेको हेरचाहामा
लागेको गुमानेलाई आशामरु साहुले बढी पैसाको लोभ देखाएर शहर पठाउन खोज्दा गुमानेले
अस्विकार गर्नु ।
७. गुमाने र आशामरु
बीचको कुराकानीले धनजितेको होस खुल्नु
८. धनजितेलाई गुमानेसँग
गरेको व्यवहार प्रति पछुतो हुनु ।
९. सन्चो भएपछी धनिजिते
र गुमाने पहिले झैँ घनिष्ठ छिमेकीको रुपमा रहनु ।
३) क)
अ) धनजिते : बलियो, झगढालु, इस्र्यालु, घमण्डी, पश्चातापी
आ) गुमाने :
अर्काको उक्साहतमा लाग्ने, दयालु, इश्वर भक्तिभाव, परोपकारी,
सहयोगी, विवेकी
इ) धर्मानन्द : ठट्यौलो स्व्भाव, आफूलाई बुजु्रक
ठान्ने, गफाडी, अर्कालाई उक्साएर तमासा पार्ने, विवेकी
ई) आशामरु : व्यापारी, पैसामुखी सोचाई भएको, स्वर्थी
३) ख)
अ) उत्तर :
गुरुप्रसाद मैनाली एक ग्रामिण परिवेशमा
कथा लेख्ने सामाजिक कथाकार हुन् । छिमेकी कथामा कथाकार गुरुप्रसाद मैनालीले
ज्यामिरे गाउँ जहाँ हराभरा खेत, पानी ल्याउने कुलो, साहुको हिउँदे पसल, थकान मेटाउने चौतरी
आदिको सचित्र वयान गरेका छन् ।
देश, काल र वातावरणलाई
परिवेश भनिन्छ । छिमेकी कथाको परिवेश भनेको छिमेकी कथाका पात्रहरुले खेलेको ठाउँ
हो । कथाकार मैनालीले यस ठाउँलाई निकै रमाइलो ठाउँ भनेका छन् । यस ठाउँमा बेंसीको
फाँट, चौतारी, कुलो, आशामरु साहुको हिउँदे
पसल स्थानगत परिवेशका रुपमा आएका छन् ।
अर्काे परिवेश समयका हिसाबले टन्टलापुर
घामका कारण पात्रहरु चौतारीमा बसेको चर्चा कथाकारले गरेका छन् । यो कथा असारको
महिना मा रोपाई हुने समयलाई चित्रण गरिएको छ । यसको साथै भदौको महिनामा आँठे रोग
फैलिएर गाउँनै सोत्तर भएको समयगत परिवेशको चर्चा कथामा पाइन्छ । यसको साथै
पात्रहरुको कक्कड खाने, घुम बुन्नु, वीरसिक्का पढ्नु, गाउँमा जान्ने बसाइ
उपचार गर्नु कथाका परिवेश र देउता रिाउने गुमानेको कुराले धार्मिक सांस्कृतिक
परिवेशलाई कथाकारले ग्रामिण परिवेशको चित्रण गरेको पाइन्छ ।
आ. उत्तर
गुरुप्रसाद मैनाली एक ग्रामिण परिवेशमा
कथा लेख्ने सामाजिक कथाकार हुन् । छिमेकी कथामा कथाकार गुरुप्रसाद मैनालीले
ज्यामिरे गाउँ जहाँ हराभरा खेत, पानी ल्याउने कुलो, साहुको हिउँदे पसल, थकान मेटाउने चौतरी
आदिको सचित्र वयान गरेका छन् ।
यस कथामा जान–जाति, वर्ग, लिङ्ग, आदिको भेदभाव रहँदैन
। यस कथामा धर्मनन्द पाध्ये, जनजिते भोटे, गुमाने घर्ती, आशमरु साहु (नेवार)
आदिको आसपासमा मेलमिलापदेखिन्छ । अथवा नेपालमा विभिन्न जानजाती मिलेर समाज वनेको छ
। नेपाल बहुजाति, बहुभाषी तथा बहु संस्कृतिको देश हो । आर्थिक दृष्टिले “छिमेकी” काथाका पात्रहरु
सम्पन्न नभएको देखिन्छ । यि सरल किसान भएको धनका पछाडी आक्रान्त देखिदैन ।गाँस, बास, कपास को आवश्यकता
पूरा गर्न सके निीहरु सन्तुष्ट देअिन्छन् । छिमेकी कथामा विभिन्न जातजातीका
मानिसहरुका बिीच आपसी मेलमिलाप र सद्भवावना देखिन्छ । केही समय धनजिते र गुमानेका
बीच मनमुटाव भए पनि पछि घनिष्ट मित्रका रुपमा परिवर्तन भएका छन् । यसरी यस छिमेकी
कथामा सामानिक मेलमिलाप आर्थिक उन्नती र जातीय उत्थान भएको कथाले दर्शाएको ।
ग)
अ. उत्तर
गुरुप्रसाद मैनाली एक ग्रामिण परिवेशमा
कथा लेख्ने सामाजिक कथाकार हुन् । छिमेकी कथामा कथाकार गुरुप्रसाद मैनालीले
ज्यामिरे गाउँ जहाँ हराभरा खेत, पानी ल्याउने कुलो, साहुको हिउँदे पसल, थकान मेटाउने चौतरी
आदिको सचित्र वयान गरेका छन् ।
आपद् विपद् पर्दा सहयोग पर्याउने सगैको
घरको वरपर वस्ने मानिसलाई छिमेकी भनिन्छ । छिमेकीसँग सधै सहयोगी सम्बन्ध
राख्नुपर्दछ । सानोतिनो कुरालाई ठूलाृ रुप्मा लागेर सम्बन्ध विगर्ने गर्नु हुँदैन
। आपसमा मिलेर बस्नुपर्छ । एक आर्कालाई आवश्इक पर्दा सहयोग पुर्याउनुपर्छ । यो
कथाले सहयोगीको भाना सबौ हुनपर्छ भन्ने सन्देश दिएकाृे छ । यो आदर्शवादी
भावनालार्य यस कथामा चित्रण गरिएको छ ।
आ. उत्तर
गुरुप्रसाद मैनाली एक ग्रामिण परिवेशमा
कथा लेख्ने सामाजिक कथाकार हुन् । छिमेकी कथामा कथाकार गुरुप्रसाद मैनालीले
ज्यामिरे गाउँ जहाँ हराभरा खेत, पानी ल्याउने कुलो, साहुको हिउँदे पसल, थकान मेटाउने चौतरी
आदिको सचित्र वयान गरेका छन् ।
छिमेकीको आवश्यक मर्दा र पर्दा पर्छ ।
त्यसैले छिमेकीलाई जिउँदाको जन्ति र मर्दाको मलामी भनेको हो । एक अर्कामा सहयोगी
भावनाले छिमेकीको महत्व झल्किन्छ । असल छिमेकीले मर्दा र पर्दा साथ दिन्छ । कथामा
पहिला त गुमानेले शत्रुको मुख के हेर्नु भनेर वास्ता गरेन । पछि धनजितेको विजनेक
हेर्न नसकेर स्याहार सुसार गर्याे र सेवाभावले धनजितेको मन फर्कियो, उसको होस् खोल्यो । त्यही घटानाले उनिहरु
घनिष्ट मित्रका रुपमा देखा परेका छन् । त्यसैले जतिखेर जस्तो तस्तो भएपनि आवश्इक
पर्दा साथ दिने भनेको छिमेकीले नै हो ।
४) उत्तर
गुरुप्रसाद मैनाली एक ग्रामिण परिवेशमा
कथा लेख्ने सामाजिक कथाकार हुन् । छिमेकी कथामा कथाकार गुरुप्रसाद मैनालीले
ज्यामिरे गाउँ जहाँ हराभरा खेत, पानी ल्याउने कुलो, साहुको हिउँदे पसल, थकान मेटाउने चौतरी
आदिको सचित्र वयान गरेका छन् ।
चौतारामा असारको बेलामा थाकेका
खेतालाहरु कोहि घुम बुन्दै छन् । कोहि सोतेका कक्कड खाँदै छन् । यहि रमाइलो
परिवेशमा गुमानेको गोरुले धनजितेको विउ खाइदिन्छ । धर्मानन्द पाध्ये जस्ता गाउँका
बुज्रुक भनाउँदालाई आर्कालाई उक्साएर तमासा देखाउने अवसर मिल्छ । उनकै उक्सावटमा
गुमाने र धनजितेका बीच लठारो पर्छ । पछी बाटोमा भेट हँुदा तर्किएर हिँड्न थाल्छन्
। गाउँमा आँठे रोगको महामारी फैलिँदा गुमानेले जान्ने बसाउँछ । गाउँका सबै आउन् तर
केरेसो जोडिएको धनजिते आउँदैन । आँठे रोगले धनजिते र उसकी स्वास्नीलाई समाएपछि पहिला त शत्रुको
मुख के हेर्नु भनेर गुमानेले वास्ता गरेन । पछि छिमेकीको महत्व बुझेर उसले
धनजितेको सेवा गर्न लाग्यो । आशामरु साहु गुमानेलाई बर्खे मालताल लिन शहर जा भन्न
आयो । गुमाने पैसाको लागी आत्मा बेच्ने नीच हैन भन्दै गएन । विरामी बाट उठेपछी
गुमाने र धनजिते घनिष्ट मित्रका रुपमा देखा परे । यि किसानहरु पैसाको लोभ, लालच र मोहबाट टाढै
रहेका इमान्दार, भोलाभला सज्जन देखिन्छन् ।
छिमेकी आदर्र्शौन्मुख यथार्थवादी कथा हो
।
व्याकरण
१
शब्द
उच्चारण
अक्षर संख्या
ए
ए
१
र
र
१
यी
इ
१
या
या १
इस्
इस्
१
आठ्
आठ्
१
दोष
दोस् १
चोर
चोर्
१
हात
हात्
१
ऋण
रिण्, रिन्
१
रुघा
रुघा
२
नत्र
नत्र
२
क्षमा
छेमा
२
गोरु
गोरु
२
कुरो
कुरो
२
नेवार
नेवार्
२
ढाकर ढाकर्
२
अमृत
अम्म्रित्
२
खत्तम
खत्तम्
२
धुमधाम
धुम्धाम्
२
सरकार
सर्कार्
२
सन्निपात
सन्निपात्
३
धनजिते
धन्जिते ३
गुमाने
गुमाने
३
झगडा
झगडा
३
अज्ञानी
अज्ञानी ३
धर्मानन्द
धर्मानन्द
४
आशामरु
आशामरु
४
३)
शब्द
उच्चारण
इशान
इशान्
कीर्ति
किर्ति
ऐना
अइना
औपचारिक
अउपचारिक्
चौतारो
चउतारो
संसार
सन्सार
अञ्चल
अन्चल्
दण्ड
दन्ड
विशेषज्ञ
विसेसग्य
अक्षर
अछेर
दक्ष
दच्छे
उर्जा
उर्जा
पीउस
पिउस्
वैशाख
बैसाख
कृपा
क्रिपा
अंश अङ्स
संज्ञा
सङ्ग्या
व्यञ्जन
व्यन्जन
ब्रहमाण्ड
ब्रहमान्ड
पवित्रतता
पवित्रता
क्षयरोग
छेयरोग
पक्षघात
पच्छ्याघात
५)
शब्द उच्चारण
अत्याचार
अत्त्याचार
भव्यता
भव्यता
नित्यकर्म
नित्त्यकर्म
औचित्य
औचित्त्य
अन्याय
अन्न्याय
अविश्वास
अविश्श्वास
विश्वकोश
विश्श्वकोशा
वाणिज्य
वाणिज्ज्य
आग्लो
आग्ग्लो
सप्रेको
सप्प्रेको
चक्रव्यूह
च्क्क्रव्युह
८
शब्द
उच्चारण अक्षर संख्या
ए
ए
१
अँ
अँ
१
अ
अ
१
इस्
इस् १
आठ
आठ्
१
म
म
१
को
को
१
घर
घर् १
भात
भात्
१
स्याँ
स्याँ
१
स्याल
स्याल
१
स्त्री
इस्त्रि
१
पल्याट
पल्याट
२
कलकल
कल्कल्
२
कमला
कमला
३
वातावरण
वातावरण
४
सामाजिकता
सामाजिकता
५
विकेन्द्रिकरण
विकेन्द्रिकरण
५
पञ्चामिृत
पन्चाम्म्रित
३
अविस्मरणीय
अविस्मरणीय
६
९
शब्द अक्षर सरचना अक्षर संख्या
आँत
बोध
क उत्तर :
हावामा रहेका धुलाका कणहरु, उद्योगहरुबाट धुवाँ
धेरै फालिने ठाउँमा पानी धुवाँका कणहरुसँग मिसिएर तेजाब बन्छ र अम्लीय वर्षा हुन्छ
।
ख उत्तर :
रसायन मिसिएको सोलले पानी दुषित हुँदा त्यसबाट
हुने स्वास्थ्य संकट आखिरमा मानिस आफैँले भोग्नु पर्छ । त्यसले मासिनमा मात्र नभई
प्राकृतिक कुरामा प्रभाव पार्दछ जसको असर मानिसमा देखिन्छ । फलस्वरुप मानिस संकटमा
पर्दछ ।
ग उत्तर :
वर्षाको पानी जमिनभित्र रसायर जानुभन्दा
भलको रुपमा बग्नु, जमिनमा हरियाली कम हुनु जमिन सुख्खा हुनुको कारण हो ।
घ उत्तर :
पानीसँग सम्बन्धित समस्याहरु, खानेपानीको अभाव, पानीको परिमाण कम
हुनु, भएको पानी दूषित हुनु, पानी खेर जानु आदि
हुन् ।
ङ उत्तर :
अम्लीय – रसायन मिसिएको
कीटाणु – सानो सानो सुस्म
जिवाणु
रासायनिक– कल कारखानाबाट
निस्कने पदार्थ
रसायन मिसिएको
जीव – प्राण भएको जन्तु
आइमाई साथी
प्रगतिशील, प्रगतिवादी, साहित्यकार
श्यामप्रसाद शर्मा सामाजिक शोषण, उत्पीडन, कुरीति, रुढिवादी, अन्धबिस्वास विरुद्ध
कलम चलाउने सशक्त निबन्धकार हुन् l राष्ट्रप्रेम, मlनबतावाद, समानता,विभेदको अन्त्य जस्ता
बिषय लाई निबन्धको विषयवस्तु बनाउने निबन्धकार शर्माका निबन्धमा समाज सुधार र सोषण, आन्याय, अत्याचारको
बिस्वब्यपी चिन्तन गरिएको पाइन्छ l यथार्थ बिषय लाई
अख्यानात्मक रुप दिने निबन्धकार शर्माको निबन्धका भाषा शैली
आकर्षक, प्रभावकारी र रोचक भएको पाइन्छ l ‘तँ, तिमी, तपाईं, हजुर’ निबन्धसंग्रहमा
संग्रहित यस आइमाई साथी निबन्धमा नारी समानता र स्वतन्त्रतालाई मूल बिषय बनाइएको छ l
आइमाई साथीको महत्व दर्सौदै नारीप्रतिको
सामाजिक विभेद, असमान व्यवहार र लैंगिक समानताको पक्षमा निबन्ध केन्द्रित रहेको छ l नाता नपर्ने महिला
संग पुरुषले मित्रता गास्न पुगे समाज बिरोधि हुने र महिला र पुरुषको मैत्री
सम्बन्धमा कालो पर्खालको रुपमा सामाजिक सोच खडा हुने जस्ता संकीर्ण विचारप्रति
आक्रोश सहित व्यंग्यात्मक प्रस्तुति निबन्धमा निबन्धकारले प्रस्तुत गरेका छन्
आडम्बरी देखावटी प्रवृतिले नेपाली समाजको लैंगिक असमानतालाई जिउदो बनाईएको
यथार्थलाई प्रस्तुत गर्न लेखकले प्रगतिशील विचारका पण्डित र नेताको प्रसङ्ग लाई
निबन्धमा प्रस्तुत गरेका छन् l
नारी स्वतन्त्रताको चर्को नारा लाउनुको
सट्टा उनीहरुलाई सामाजिक विभेद र साँघुरो सोचाई अनि परम्परावादी चिन्तनबाट माथि
उठ्ने अवसर प्रदान गर्नु पर्छ भन्ने मूल सन्देस बोकेको यस निबन्धमा नारीहरुलाई बिकासको
आधार मानिएको छ l सामाजिक जागरणमा बृद्दी गरेर समाजका हरेक गतिविधिमा नारीलाई सक्रिय
हुने मौका दिनु पर्छ भन्ने विचार निबन्धमा मूल भावको रुपमा ब्यक्त भएको छ नारीले
आफ्नो हक अधिकार र कर्तव्यको रक्षा आफैंले गर्नुपर्ने तर पुरुषको सहयोग बिना
पुरातनबादी सोचका नारीले यस कार्य लाई पुरा गर्न नसक्ने हुँदा पुरुषको सहकार्य र
साथलाई निबन्धमा संदेशको रुपमा ब्यक्त भएको छ l नारी र पुरुषको
समाबेशी बाट नै रास्ट्रको उन्नति हुनेहुँदा नारी र पुरुष बिचको असमानता
हटाउनुपर्ने विचार निबन्धको मूल भाव हो l
प्रश्नोत्तर
शब्दार्थ
१.
निष्क्रिय
→ सक्रिय
स्वाभाविक →
अस्वाभाविक
आँटी
→
कायर
प्रतिकूलता →
अनुकूलता
असम्भव → सम्भव
प्रधान
→
सहायक
आधुनिक → पुरातन
सामाजिक → असामाजिक
पुरुष
→
महिला
जीवन
→
मरण
असहिष्णु → सहिष्णु
४.
जागृतिको लहर ल्याउनु –
देश विकाश गर्न जनतामा जागृतिको लहर
आवश्यक पर्दछ ।
असजिलो मान्नु –
विद्यालयमा पढाउन मलाई असजिलो लाग्यो ।
कुरा काट्नु –
मानिसले एक अर्काेको कुरा काट्नु हुँदैन
।
सिद्धान्तलाई पुजा गर्नु –
सिद्धान्तलाई पुजा गर्ने होइन व्यवहारमा
उतार्नु पर्दछ ।
स्वच्छ हृदयले स्वीकार्नु –
तपाइको राम्रो विचारलाई म स्वच्छ हृदयले
स्वीकार्छु ।
हिमचिम हुनु –
एउटै बेच्चमा बस्दा केटी साथीसँ हिमचिम
हुनु कुनै नौलो कुरा होइन ।
घुँडा टेक्नु –
असल विचार लिएर अघि बढे घुँडा टेक्नु
पर्दैन ।
मितेरी बढाउनु –
एक आपसमा मितेरी बढाएर सम्बन्ध राम्रो
देखिन्छ ।
घरजम गर्नु –
नारी र पुरुषको मेल भए घरजम गर्न सकिन्छ
।
धोका दिनु –
कसैलाई पनि धोका दिनु हुँदैन ।
न्यायको माहाम्त्य गाउनु –
देशको न्यायको माहाम्त्य गाउनु लायक छैन
।
पठन बोध
१.
(क)
अ उत्तर :
सिद्धान्तलाई पुजा गर्ने हाम्रो बानीले
स्वास्नी स्वास्नी मान्छेलाई लोग्ने मान्छे र लोग्ने मान्छेलाई स्वास्नी मान्छे
साथी बनाउन अप्ठ्यारो पर्दछ ।
आ उत्तर :
हामी न्यायको माहात्म्य त गाउँछौँ तर
व्यवहारमा उतार्न पछि पर्छाैँ । व्यवहारमा अन्याय नै गर्नबाट पछि सर्दैनौँ ।
इ उत्तर :
हामी देशभक्ति बयान मात्र गर्छाैँ तर
व्यवहारमा खुद विपरित काम गरेर हिँड्छौँ । यसरी सिद्धान्त र व्यवहारमा ठूलो
भिन्नता छ ।
ई उत्तर :
स्त्री र पुरुषको समानताको ओड लिन्छौँ
तर आफैँ सम्प्रदायिक भावना अनुसार चल्छौँ । यस्तै यस्तै गराई र भनाइमा बेमेल
देखिन्छ ।
(ख)
अ उत्तर :
हाम्रो धर्मशास्त्रहरुले नारीलाई नरकको
मूलका ढोका भन्ने भनाइ पाइन्छ । तर जहाँ स्त्री त्यहाँ श्री भन्ने भनाइ पनि पाइन्छ
। नारी र पुरुष समाजरुपी रथका दुई पाङ्ग्रा हुन् । एको अभावमा अर्काे उपाङ्ग हुन्छ
।
आ उत्तर :
आधुनिक युवाहरुमा स्त्री पुरुषको बराबर
हक अधिकार हुनुपर्छ भन्ने समानताको दृष्टिकोण रहेको छ ।
इ उत्तर :
माथिको सन्दर्भबाट नेपाली समाजमा नारी र
पुरुषका बीच भेदभावपूर्ण व्यवहार छ भन्ने तस्वीर प्रस्तुत भएको छ ।
ई उत्तर :
लेखकको नारीले पनि पुरुषसरह समानता र
अधिकारमा वृत्ति विकासको अवसर पाउनुपर्छ भन्ने मान्यता देखिन्छ ।
उ उत्तर :
यो ‘निबन्धांश’ “आइमाई साथी” का सन्दर्भमा आएको हो
।
२
क उत्तर :
आइमाई र पुरुष भनेको समाजरुपी रथका दुई
पाङ्ग्रा हुन् । एकको अभावमा अर्काे अपाङ्ग छ । समाजमा पुरुषको जति अधिकार नारीको
पनि त्यति नै हुनुपर्दछ । आइमाईले पुरुष र पुरुषले आइमाई साथी बनाउनु उत्तम हो तर
त्यस्तो साथी बनायो भन्दैमा प्रेम गर्न खोज्नु घृणित कार्य हो । साथी भनेको सुख–दुःख, आपत् विपत्मा साथ
दिने व्यक्ति हो । आपसी सदाचा सद्भावमा साथीत्व सम्बन्ध फष्टाउँछ । जब
स्वार्थप्रेरित मित्रता गरिन्छ तब सम्बन्धमा चिसोपन कुठाराघात हुन सक्छ । एक आपसमा
सहयोगी भावना भए विपरित लिङ्गमा पनि साथीत्व अपरिहार्य हुन्छ । मानवीय सद्व्यवहार
र मित्रतामा आफ्नो व्यक्तित्व विकास गर्न सकिन्छ । त्यस्तो मित्रतामा कुनै आइमाई
प्रति कु–विचार नरहोस् वा आइमाईको पुरुष प्रति पनि कुलषित नहोस्, त्यसपट्टि पनि
दृष्टिगत गर्न आवश्यक मानिन्छ । विपरित लिङ्गलाई साथी बनाउँदैमा मनोकांक्षा
कुण्ठित हुन्छ भन्नु आत्मलाई चिन्न नसक्नु हो । त्यसैले आइमाईले पुरुष र पुरुषले
आइमाई साथी मैत्रीभाव निःस्वार्थ रुपले बनाउनु पर्छ । अन्तत, महिलाले पुरुष र पुरुषले
महिला साथी बनाउन हच्किनु हुँदैन ।
ख उत्तर :
यस ‘आइमाई साथी’ निबन्धमा, निबन्धकारको
प्रगतिशील विचार व्यक्त भएको दृष्टिकोण प्रस्तुत पाइन्छ । प्रगतिशील विचार राख्ने
साथीहरु नै सिद्धान्तका पुजारी भएकाले निबन्धकारले तीव्र व्यङ्ग्य गरेका छन् । यो
व्यङ्ग्य भनाइ र गराइ प्रति तालमेल नमिलेको प्रति लक्षित देखिन्छ ।
हाम्रोजस्तो पुरुष प्रदान समाजमा आइमाई
साथी कम हुनु स्वभाविक देखिन्छ । निबन्धकारले आत्मनिरीक्षणको शैलीमा आफ्ना पुरुष
साथीहरुका तुलनामा आइमाई साथी कम भएकोमा आत्माग्लानी गरेका छन् । साहित्य र
राजनीतिजस्ता कुरामा आइमाई कम हुनु नेपाली समाजमा नारी र पुरुषका बीचको
भेदभावपूर्ण व्यवहार स्पष्ट हुन्छ । यस निबन्धले पूर्व मेचीदेखि पश्चिम
महाकालीसम्म, मधेश, पर्वत र उपत्यकासम्म फिजिएका साधारण
नेपाली नारीमा जागृति ल्याउन सकिने दृष्टिकोण निबन्धकारको रहेको छ ।
निबन्धकारलाई आइमाई साथी त बनाएको तर
लोकापवादका कारण त्यो मित्रता दिगो नभएको खुलासा गर्न पुगेका छन् । उनी
समुद्रपारिका नारीलाई साथी बनाउन सजिलो हुने तर आफ्ना देशका नारीलाई साथी बनाउन
साह्रै गाह्रो हुने यथार्थता व्यक्त गर्न पुगेका छन् । यथावसरमा टुँडिखेलमा भेट भएकी
युवती र बाटोमा पानी पर्दा भेट भएकी केटीका तुलना गरेका छन् । त्यस्तै स्कुल, कलेज पढ्ने केटीहरु
प्रारम्भमा जिज्ञासु भएपनि बाटोमा भेट हुँदा मुन्टो तर्काएर हिँड्ने गरेको
यथार्थता कोट्याउँदै पत्रमित्रको प्रसङ्गलाई उजागर गरेका छन् । त्यसमा पनि
प्रगतिशील बाबुले छोराको चिठी दिने र छोरीको चिठी लुकाउने, प्रगतिशील साथीहरुका
घर जाँदा पत्नी, बहिनीलाई परिचय नगराउने तीतो यथार्थ यहाँ प्रस्तुत गरिएको छ ।
ग उत्तर :
“आइमाई साथी” निबन्धका आधारमा त्यो
समय र हालको समयमा आमुल परिवर्तन आइसकेपछि यो तत्कालीन नेपाली समाजमा नारी चेतनामा
विकास नआइसकेकाले नारीहरु अझै पनि पुरुषसँग बोल्न हच्किने कतै कतै अझै पाइन्छ । तर
समग्रमा अहिले धेरै जस्तो नारीहरु पुरुषसँग बोल्न धक मान्दैनन्, पुरुषसरह पुरुष साथी
बनाउन, सँगै बसेर खान, एउटै कार्यालयमा काम
गर्न, विदेश जान र वृत्ति विकास गर्न सक्षम भएका छन् । यसरी पाँच दशक
पहिलेका नारी र समाज तथा आधुनिक सोच भएका नारी र समाजमा धेरै परिवर्तन आएको देख्न
सकिन्छ । पहिलेका नारीहरु कुर्कुच्चा छोपेर, कपाल बाँधेर लजाउँदै
हिँड्थे भने अहिलेका नारीमा शील स्वभाव र आचरणमा परिवर्तन आएको देखिन्छ । कता कता
अझै पनि नारी र पुरुषको सोच खुम्चीएको पाइन्छ । त्यस समयको तुलनामा भने अहलिे आमूल
परिवर्तन आएको र कालान्तरमा अझ परिवर्तन आई दुवैको सोचमा समानता आउने कल्पना गर्न
सकिन्छ ।
अभ्यास
१.
क. पोषण
ख. पृष्ठ
ग. प्रिय
घ. प्रेरणा
(प्रिय, पृष्ठ, प्रेरणा, पोषण)
२.
कीर्ति, पूर्व, आयुष्मान्, अतिवृष्टि, अभीष्ट
३.
तत्सव
तद्भव आगन्तुक
भाषण
बहिनी
इमान
विमान
सेतो
कमिज
कुशल
रुपियाँ
खैनी
नियम
बाजा
पावर
सन्तुष्ट
तारिख
मूर्ख
जवाफ
पसल
कानुन
व्याकरण
१.
व्यक्तिवाचक – पन्नाकाजी, चन्द्रकला, काठमाण्डु, दुकुचा, मोतीमाया, शुक्रलाल, गंगालाल, लक्ष्मीप्रसाद, बागमती, मुनामदन, भानुभक्त, रामायण, सुन्दरीजल, साँखु ।
जातिवाचक – केटी, घर, गाई, जङ्गल, बाघ, भालु, आँगन, शहीद, देवकोटा, फुल, बँगैचा, आमा, बाबु, बाजे, नदी, पोखरी, रुख, मृग, सुसा, जुरेली, चरा, भेडा ।
समूहवाचक – साथी, हुल, ताँती, जमात, बथान ।
द्रव्यवाचक
– पानी, दुध, गहुँ, तोरी ।
भाववाचक – बासाई ।
२.
व्यक्तिवाचक
जातिवाचक समूहवाचक द्रव्यवाचक
मेची
मानिस समाज
ढोका
महाकाली
साथी जोईपोइ खाजा
मधेस
आइमाई छात्रा
तरकारी
नेपाल
देश
सङ्घ
खरबर
घाम
झ्यालखाना
ताल्चा
३.
मेरो नाम कल्पना पोख्रेल हो । म राजधानी
काठमाडौँ बस्छु । मैले पूर्व मेचीदेखि पश्चिम महाकालीमा साथी बनाएको छु ।
कहिलेकाहीँ पशुपति जान्छौँ । समूह बनाएर घुम्छौँ । मेरो बाल्यकाल साह्रै रमाइलोसँग
बित्यो । हाम्रो बसाइ हसाई र मित्रता निकै राम्रो मानिन्छ समाजमा । हामी घाम
ताप्दै सुन्तला, बदाम खान्थ्यौँ । कहिले बगैँचामा गएर फोटो खिच्ने रमाइलो गर्ने
गर्छाैँ । यसरी आपसमा मित्रता राम्रो भए धेरै कुरा सिकिँदो रहेछ ।
सर्वनाम
अभ्यास :
म, जसले, मलाई, तीमध्ये, तिनीहरु, सबैप्रति, मेरो, हामी, यिनीहरु, मैले, यी अर्काे ।
विशेषण
अभ्यास :
विशेषण शब्दः
दश, उनको, बुढाबुढी, राम्रो, सज्जन, एउटा, दुवै, एक दोस्रा पिताजीका, प्रगतिशील, अरु, तितामिठा, त्यो प्रशस्त
अनुच्छेद :
दश महिना अगाडी सरीता कक्षाकोठामा
पढाउँदै थिइन । उनको कलिलो उमेरमा विहे भएको भए पनि उनले आफ्ना बुढाबुढी आमाबुबाको
राम्रो हेरचाह गर्थिन् । त्यसैले मलाई उनको बानी राम्रो लाग्थ्यो । उनका पति सज्जन
थिए । मैले उनलाई निकै समय हेरेर टोलाहीरहेको थिएँ । एउटा बालीका बिहे पछि आफ्नो
पठाइको खर्च भरपाई गर्ने अतिरिक्त कक्षा पठाउने गर्थिन् । दुवै लोग्ने स्वास्नीमा
राम्रो मेलमिलाप थियो । एक दोस्रोलाई अत्यन्त विश्वास गर्थे । पिताजीका कुरा
उनीहरु कहिल्यै टुक्र्याएनन् । उनीहरुको प्रगतिशील जीवनमा कसैको आँखा नलागोस भन्ने
मेरो चाहना थियो तीतामिठा कुराकानी म उनीसँग गर्थेँ । त्यो उनको प्रशस्त माया
पाएकोमा उनका सासू–ससुरालाई उनी प्रति गौरब थियो ।
क्रियापद
अभ्यास :
१.
नबस्ने, गर्छ, छन्, थिएन, उब्जियो, हेरे, सम्झँदा, पुग्दा सकेन, रहेछन्, लाग्यो, गर्ने, दिने, हुन्छ, देख्न लाग्यो, गर्ने, दिने, हुन्छ, देख्न लाग्यो ।
२.
म बिहानै उठ्छु र दैनिकी नुवाइधुवाई
गर्छु, अनिमात्र खाजा खान्छु । खाजा खाएपछि विद्यालय जानुपूर्व बुबा आमासँग
आज्ञा लिन्छु । विद्यालयको पढाइ सकिएपछि साथीहरुसित रमाइलो खेल खेल्छु । खेलेर
थाकेपछि घर जान्छु । मेरो घरमा आमाले खाजा राख्नु भएको हुन्छ । त्यो खाजा खान्छु र
आफ्नो गृहकार्य गर्न बस्छु ।
वर्ण विन्यास
१.
मस्तिष्क, निर्माण, विद्धान, विश्लेषण, प्रतिशत, शक्ति, बुद्धि, प्रतिष्ठा, अवस्था, निष्क्रिय, वर्गीय, युगीन प्रभाव, ग्रामीण, जीवन कृषिकर्म
अधिकारप्रति, आसक्ति, मानव, मस्तिष्क, अनुसन्धान, आवश्यक
२.
पश्चिम, निश्चल, दृष्य, शील, शीला, श्रावण, राशी, आश्विन, सबै, वंश, शासन, प्रशंसा, यशस्वी, शिखर, शुल्क, ईष्र्या, प्रेषक, वार्षिक, आयुष्मान्, उषा, भाषण, मञ्जुषा, निषेध, शोषक, बालिका, बहिरङ्ग, अवमूल्यन, प्रवीण, मनस्वी, मूर्तिवत्, पाश्विक ।
३.
निष्क्रिय, असम्भव, कल्पना, विचार, अस्वाभाविकता, साधारण, सङ्ख्या, समाज
५.
कोट, गम्छा, गरीब, टी–सर्ट, ब्लाउज, रिबन, फ्लिप, सकुल, पसल, च्याङ्वा, जिम्बु, कम्प्युटर, मोबाइल, टेलिफोन, रिफ्रिजिरेटर ।
६.
सहर, रेल, मोटर, होटेल, रेष्टुराँ ।
७.
मिटिङ, लालटिन, गरीब, मुलुकी, हजुर, सिन्दुर, शहीद, रसिया, युरोप, डायरी ।
८.
दैनिक प्रत्रिका, साइन वोर्ड, टेलिभिजन आदिमा
प्रसारित तथा विज्ञापन गरिएका सामग्रीहरुमा प्रयुक्त अशुद्ध, त्रुटी देखिन्छन् ।
यसतर्फ विचार गर्दा व्याकरणको महत्व नबुझेको र त्यसलाई गलत प्रक्रियाले प्रस्तुत
गरेको देखिन्छ । नेपालमा अहिलेसम्म आदर्श व्याकरण लेखिएको छैन । शब्दकोषमा
हेलचकराइ र सरकारी पक्षको उदासीनता यसको जड कुरो मान्नु पर्छ । व्यक्ति व्यक्ति
फरक व्याकरण र वर्णविन्यासलाई आधिकारिक मानने यो अन्योलको कुरा हो । हाम्रो देश
छिमेकी भारतमा पनि मानक भाषाको प्रयोग गरिएको छ । तर नेपालमा आधिकारिक व्याकरण र
शब्दकोष नआइसकेकाले यस्तो विकृति फैलदै छ । तसर्थ यस तर्फ विद्धानहरुको ध्यान आकर्षण
गराउन आवश्यक देखिन्छ ।
अभिव्यक्ति
अनुच्छेद लेखन
“राज्य सञ्चलानमा महिलाको भूमिका बढाउने
उपाय”
राज्य सञ्चालन प्रक्रियालाई लैङ्गीक
समातामूलक बनाउन महिला सहभागिता अनिवार्य हुन्छ । महिलाको भूमिका अझ बलियो पार्दै
देश विकासमा टेवा पु¥याउन उनीहरुलाई पर्याप्त ज्ञान र सीप
आवश्यक देखिन्छ । आगामी दिनमा राज्य संचालनका लागि महिलाको भूमिका बढाउन सम्बन्धित
निकायले निम्न कुरामा विचार पु¥याउन आवश्यक देखिन्छ । जस्तै सचेतना
कार्यक्रम सञ्चालन गर्नु पर्ने र यसमा महिला तथा पुरुषको समान सहभागिता गराउनु पर्ने, सशक्तिकरण सम्बन्धी गतिविधि जिल्ला देखी
गाउँस्तर सम्म सञ्चालन गर्नु पर्ने राज्यले यस सम्बन्धि नीति नियम बनाउनु मर्ने
निश्चित समयका लागि राज्य सञ्चालनका क्षेत्रमा महिला आरक्षणको व्यवस्था गर्ने, स्रोत साधनमा महिलाको
पहुँच बनाउन नीति निम बनाउनुपर्ने, आय आर्जनमा महिलाका
लागि विशेष अवसर दिइनु पर्ने । आदि उपाय अपनाउनु आवश्यक देखिन्छ ।
मधु मालतीको कथा
बिशेस्वरप्रसाद कोइरालाको मनोबैज्ञानिक
प्रवृति र गुरुप्रसाद मैनालीको सामाजिक यथार्थवादी शैलीलाई एकै ठाउँमा ब्यक्त
गर्ने कथाकार रमेश विकल प्रगतिशील कथाकार हुन् l बिपन्न वर्गप्रति
सहानुभूति प्रकट गर्दै सामन्ती वर्गको शोषण अन्याय अत्याचार लाइ बिद्रोह गर्ने
कथाकार विकलका कथामा गरिब जनजीवनका समस्या बाध्यता र विवसता व्यक्त गरिएको पाइन्छ l काठमाडौँ वरिपरिको
परिवेशलाई कथामा व्यक्त गर्ने कथाकार विकल्का कथामा वर्गीय द्वन्द, असमानता, अन्धविस्वास जस्ता
विषयलाई प्रमुखताका साथ प्रस्तुत गरिएको पाइन्छ l सामाजिक यथार्थको
धरातलमा बालमानोविज्ञानलाइ प्रस्तुत गरिएको यस मधु मालतीको कथामा वर्गीय विभेद, जातीय असमानता र
बालमस्तिस्कलाई प्रस्तुत गरिएको छ l नेपाली समाजमा
विद्ध्यमान वार्गभेदको अवस्थालाई कथामा शंकर र गौरीको परिवार बाट प्रस्तुत गरिएको
छ l विपन्न वर्गीय समाजको मर्म र वेदनालाई मार्मिक रुपमा प्रस्तुत गरिएको
यस कथामा बाल मनको सुक्ष्म विस्लेषण गरिएको छ l अबोध बालसंसारमा बाधक
भएर उभिने समाजको विभेदपूर्ण संरचना प्रति कथाकार आक्रोशित पनि भएका बुझिन्छन् l उच्च वर्गीय समाजको
दमनकारी मनोवृत्ति कथामा प्रस्तुत गर्दै लोक कथाको पृष्ठभूमिमा नेपाली समाजको
भेदभावपूर्ण अवस्थालाई कथामा चित्रण गरिएको छ l
समाजमा असमानता र वर्ग विभाजन भएपनि बाल
मस्तिस्कले त्यसको बोध नगर्ने कुरालाई कथामा शंकर र गौरीको घनिष्ट सम्बन्धबाट
पुस्टि गरिएको छ l बालबालिकाले लौकिक र अलौकिक सन्दर्भ र अपरिपक्व मानसिकताले ठुलो र
सानो रुपको भेदभाव महसुस गर्न नसक्ने मनोवैज्ञानिक सत्यका कथामा संकर र गौरी
मार्फत प्रस्तुत गरिएको छ l कथाको जस्तै मधुकरको
बासुरीबाट मालतीरुपी गौरीलाई बोलाउन चाहनु, आफ्नी आमा संग घोडाको
माग गर्नु, मधुकरले जस्तै साहसी काम गर्न उत्प्रेरित हुनु, गौरीको सम्पन्नताको
बोध नहुनु, आदि संकरको मनोदशा हो भने मालतीझैं मधुकररुपी संकरलाइ पारिवारिक
विरोध भएपनि सकेसम्म साथ दिनु, बादलपारीको सहरमा
जाने इच्छा गर्नु, आफ्नै फुपुदिदिलाई बोक्सी बुढी भन्नु, आदि गौरीको बाल
मनोदशा हो l यसरी दुइ बालपात्रको मानसिक अवस्थालाई कथामा देखाइएकोले यो कथा बाल
मनोबैज्ञानिक कथा हो भन्न सकिन्छ l
सामन्ती वर्गले गरिब वर्ग प्रति गर्ने
रुखो व्यवहारलाई कथामा प्रस्तुत गरिएको छ l गौरीको परिवारले
संकर्लाई गरेको अपमान, तिरस्कार र घ्रिनाले सम्पन्न वर्गको
क्रूर,अविवेकी र अमानवीय सामाजिक यथार्थलाइ प्रस्तुत गरेको छ l धनी वर्गले गरिबलाई
मान्छेनै नठान्ने, धनीको छोराछोरीसंग हेलमेल नै गर्न न हुने अन्याय पूर्ण सामन्ती सोच
कथामा गौरी र संकरको घनिष्टतालाइ टुक्रा पारिदिएबाट प्रस्ट हुन्छ l त्यसैगरी गरीबको छोरो
संकरसित बढेको मित्रतालाई वियोगमा पुर्याउन गौरीका परिवार बसाइ नै सरेको यथार्थता
पनि कथामा प्रस्तुत गरिएको छ l गरिबको चाहना, इच्छा , आकांक्षा, सम्पन्न वर्गको दमनले
पुरा न हुने तथ्य लाइ कथामा संकरको घोडालाइ गौरीको मोटरले किचीमिची पारिदिएको
प्रसंगले पुस्टि भएको छ l यसमा फुपुदिदिको
गालीले गर्दा संकर सिकिस्त रुपमा बिरामी पर्नुले पनि यस कथाको मनोवैज्ञानिक
पक्षलाइ दर्साएको छ l
प्रश्नोत्तर
पठन बोध
२. क
अ उत्तर :
यो भनाइ शङ्करको बाबुको हो ।
आ उत्तर :
समाजमा धनी, गरीब, शिक्षित, अशिक्षित विभिनन
वर्गका मानिस बस्छन् । बाहिर ठूला बडा भित्री रुपमा नीच स्वभावका मानिस पनि हाम्रो
समाजमा बस्छन् । तिनको प्रत्यक्ष, अप्रत्यक्ष प्रभाव
गरीबहरुमा परिरहेको हुन्छ । शङ्करका बाबुले घोडा किनिदिने माग छोराको पु¥याउन नसक्ने अवस्थामा
यो अभिव्यक्ति यहाँ व्यक्त भएको छ ।
इ उत्तर :
यो कथन शङ्करले घोडा किनिमागेको
सन्दर्भमा भनिएको हो ।
ई उत्तर :
यस कथांशपछि शङ्करलाई गौरीको सङ्गतबाट
परै राख्ने सन्दर्भ आउँछ ।
उ उत्तर : यस कथांशको साथ मानिस सङ्गत
विष सरह हुन्छ ।
ख.
अ उत्तर :
शङ्करले बाइस्कल चढेको देखेर दिदीआमाले
लडाइदिई त्यही भएर गौरीले शङ्करलाई दिदी आमाको घर नजाऊ भनेको हो ।
आ उत्तर :
गौरीले बाल स्वभाव अनुसार फुपूदिदीको
त्यो दुच्छर स्वभावलाई बोक्सी बुढी भन्नु उपयुक्त नै हो ।
इ उत्तरः
शंकर गरिव छ र गौरी धनीको छोरी हो । यी
दुबै एउटै टालामा बस्ने बाल दौतरी हुन् । फुपूआमाले गौरीको मेल शंकर सित भएको र
आफूलाई बोक्सी बढी भनेकाले छोटोको संगतले बडा विग्रिन्छन् भन्न खोजिएको हो ।
ई उत्तर :
यस अनुच्छेदमा धनी र गरीब भनी
आर्थिक रुपमा र स्वभावगत रुपमा छोटा र बडा भनिएको छ ।यस अनुच्छेदमा धनी र गरीब भनी
आर्थिक रुपमा र स्वभावगत रुपमा छोटा र बडा भनिएको छ ।
उ उत्तर :
गौरी र शंकरका बीच सौहार्द भेदभाव नभएको
सम्बन्ध देखा पर्छ ।
अभ्यास
१. उत्तर :
लोककथामा मधुकर र र मालतीको मिलन
देखाइएको छ । उनीहरुको मिलनमा दैवी शक्तिको प्रयोगले काम गरेको छ । तर हाम्रो लोक
जीवनमा आपसी सौहार्द, मेलमिलाप र सदाचारको कमी छ । समाज धनी–गरीब, उच–नीचको भेदभावले
ग्रस्त छ । बाल स्वाभमा सम्पन्न परिवारकी छोरी गौरी र विपन्न परिवारको छोरा
शङ्करका बीच हिमचिम र मेल छ । बालबालिकालाई सम्पन्नता र विपन्नताको रोगबाट विमुख
देखाइएको छ । फुपूदिदी जस्ता छुच्छर र सामाजिक दुव्र्यवहारका कारण शङ्कर गौरीको
विछोड भएको छ ।
२. उत्तर :
“मधुमालतीको कथा” सामाजिक कथा हो । यो
कथा बालमनोविज्ञानमा आधारित छ । हाम्रो समाजमा घट्ने घटनाको यथार्थ चित्रण गरिएको
यस कथामा बालबालिकाहरु तिरस्कृत हुन्छन् । उनीहरुमा विभेद गर्ने तत्व हाम्रो
समाजमै छन् भन्ने यस कथा मार्फत दर्शाइएको छ । जो आफ्नो सम्पन्नताका आडमा गरीब र
विपन्न वर्गका छोराछोरीलाई माग्ने छोराको संज्ञा दिन्छन् । शङ्कर गौरीलाई भित्री
दिलबाट माया, स्नेह र आदर भाव राख्दछ । समाजमा देखिएको धनी र गरीबको सीमा मेट्न
नसकिएसम्म यस्तै भेदभावपूर्ण व्यवहार हुन्छ भन्ने यस कथामा भन्न खोजिएको देखिन्छ।
बालबालिकाहरुमा सामाजिक छेकवार र विभेद
हुँदैन । उनीहरु निष्कलङ्कित हुन्छन् । जसरी मधुकरले मालतीलाई
प्रेम गर्दछ र मालतीको विछोडमा
मधुकर विह्वल भएको छ । त्यसरी नै शंकरले गौरीलाई आन्मिक प्रेम गर्दछ र आफु विरामी
पर्दा बाँसुरी बजाउँदा गौरी टुप्लुक्क आईपुग्छे भन्ने भ्रम शंकरले राखेको छ । जति
बाँसुरी बजाएपनि गौरी आइन । गौरीलाई छक्क पार्नु
र आफ्ना पौरुष देखाउन शंकरले मधुकरको घोडा भ्याइदिन आमासँग देखाउन शंकरले मधुकरको
घोडा भ्याइदिन आमासँग ढिपी गर्दछ । गौरी पनि शंकरलाई माया गर्छे । आफु टोल छोेडेर
जानुपर्दा खिन्नता प्रकट गर्छे ।
३. उत्तर
नेपाली समाजमा विभिन्न बर्गका मानिसहरु
बस्छन् । त्यसैले समाजमा बर्गीय विभेद देखिन्छ । मानिसहरु आफुलाई ठूलो र भट्ट
सम्झिन्छन् । यस्तो मनोवैज्ञानिक समस्याले ग्रस्त समाजमा बाल बालिकालाई प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव
पार्नु स्वभाविकै छ । गरीब र धनीको छुट्टाछुट्टै वर्ग बनेको समाजमा पाइन्छ । जुन
समाजको हित विपरित र यसको प्रभाव प्रत्यक्ष बालबालिकामा परेपनि समाजले नै
बालबालिका बीच भेदभावको वातावरण सृजना गरेको बुझिन्छ । धनीका छोराले गरीबका
छोरासित सम्बन्ध बढाए पारिवारिक प्रतिष्ठामा आँच आउने कुरा सुने बालबालिकाले
आफुलाई उच्च कुलोत्यन्न, सम्पन्न सम्झन्छन् । बालक जन्मदै भेदभाव
गर्ने सक्ने भएको हुँदैन । उसलाई हाम्रो समाजको वर्गीय रेखाले विस्तार विस्तारै पारिवारिक
मर्यादा, रीति–नीति र चालचलन सिक्दै हुर्किन्छ र
समाजको आचरण सिक्दछ । त्यसैले कुनै पनि बालकलाई वर्गीय विभेद गर्न समाजले नै
सिकाउँदछ । किनकी कुनै पनि बालको घर पछिको पाठशाला आफ्नो समाज नै हुन्छ । तसर्थ
बालबालिकाका बीचमा विभेद सिर्जना गर्ने मुल कारण समाजनै हो ।
४ उत्तर :
मधुमालतीको कथा एक सामाजिक, आर्थिक, बालमनोवैज्ञानिक
विचारमा आधारित छ । यो कथामा कथाकारले प्रगतिशील भावना व्यक्त गरेका छन् । नेपाली
समाज सम्पन्न र विपन्न गरी दुई भागमा विभाजित भएको, विपन्नले आफुलाई सानो
र सम्पन्नले आफूलाई ठूलो भन्ने रोगले ग्रस्त हाम्रो नेपाली समाज विकासका लागि
हानिकारक ठानिन्छ । यस कथामा प्रयुक्त घटना नेपाली समाजमा देखिएको सामाजिक
विभेदकता र त्यसले पार्न सक्ने दुरगामी प्रभावलार्य कलात्मक भाषामा प्रस्तुत
गरिएको छ । आर्थिक दृष्टिले सम्पन्न र विपन्न वर्गमा चालमेल र उठबस नहुँदा टोलै
छाडेर जानुपर्ने बाध्यात्मक परिस्थितिको शिकार भएको यथार्थ अवस्थालाई निकै रोचक र
प्रभावकारी ढङ्गले यस कथामा प्रस्तुत गरिएको छ । यस कथामा बालबालिकाको मनोविश्लेषण
गरी उनीहरुको भावना धारणालाई निकै शुक्षम रुपमा प्रस्तुत गरी वर्गीय विभेद प्रष्ट
पारिएको छ । समग्रमा कथा प्रभावकारी र निकै रोचक देखिन्छ ।
पात्र परिचय लेखन
क. “गौरी”
गौरी धनी बाबुकी एक्ली छोरी हो । उसमा
आफु धनी बाबुकी छोरी हुँ भन्ने घमण्ड छैन । ऊ उसको स्वभाव अनुसार शङ्करसित खेल्ने, रमाउने, आ–आफ्ना भावना साटफेर
गर्ने गर्दछे । ऊ शङ्करको बाल दौतरी हो । गौरी निश्चल निश्वार्थ निर्दाेष देखिन्छे
। गौरी शङ्करको छलकपट र बेइमानी नजान्ने बाल प्रमिका हो ।
ख. “शङ्कर”
शङ्कर गरीब बाबुको छोरा हो । उसमा अहम
जिज्ञासु केठी हठी र जिद्धीवाल स्वभाव छ । उसको नजिकै बस्ने धनी बाबुकी एक्ली
छोरीलाई अन्तर दिलदेखि माया गर्छ । प्रायः शङ्कर कथामा गौरीलाई आफ्नो बनाउने
प्रयत्नमा लागेको देखिन्छ । गौरीले अहिले तिमी केटाकेटी छौ भन्दा खिस्रिक्क हुन्छ
। तर पौरुष झिकेर गौरीलाई घोडामा पछाडि राखेर यो दृष्ट समाजभन्दा निकै टाढा बादल
पारीका देशमा लैजाने मनसाय प्रकट गर्छ । ऊ विरामी हुँदा पनि गौरीलाई सम्झन्छ ।
बाँसुरी बजाएर डाक्दा पनि गौरी नआएकोमा आमासँग गुनासो गर्छ । अन्ततः प्लाष्टिकको
घोडा लिएर गौरीकहाँ गएको शङ्कर गौरी बसाई सर्दै गरेको देखेर विफल भएर घर फर्कन्छ ।
यस कथामा शङ्कर प्रमिका रुपमा देखिए पनि उसको भूमिका सहज र स्वाभाविक छ ।
ग. “दिदीआमा”
दिदीआमा गौरीकी फुपूदिदी पर्छिन् । यस
कथामा गौरीको भनाइमा दिदीआमा बोक्सी बुढी र शङ्करका बुझाईमा राक्षसनी हो । उसको
नकारात्मक सोच र क्रियाकलापको प्रभाव गौरी र शङ्करको परिवारमा परेको छ । जसले
गर्दा गौरीका बुबाले बसाई सरेको र त्यसले गर्दा गौरी र शङ्करको बिछोड भएको छ ।
दिदीआमाका नजरमा समाजका गरीब गुरुवा चाहिँ ‘माग्ने’ देखिन्छन् र छोटा
मानिन्छन् । ऊ धनले मात्तिएकी आइमाई हो । उसकै आँखाबाट माया, ममता भन्ने कुराको
ज्ञान छैन । ऊ यस कथामा विवेकहीन, स्वार्थी पात्र हो ।
व्याकरण
अभ्यास
(नामयोगीबाट)
म साथीसँग खेल्न जान्थेँ । मेरो
पढाइतर्फ खासै मन लाग्दैनथ्यो । साथीसित खेल्न पाए म निकै खुसी हुन्थेँ । म मेरो
साथीमार्फत उसको घरमा जाँदा उसको बुबाले भनेअनुसार ऊ पनि मलाई मन पराउँदथ्यो ।
कहिले काहीँ उसको बुबा समेत हामीसँग खेल्नु हुन्थ्यो । जब ऊ र म कोठाभित्र बसेर
कुरा गर्दै थियौँ । खाटमुनिबाट सर्प निस्कियो । हामी निकै डरायौँ । उसको बुबाले
त्यस सर्पको हत्या गर्नु भयो ।
संयोजक
अभ्यास
१.
समेत, र, अथवा, तर
२.
दैनिकी
म विहानै उठ्छु र आफ्नो दैनिकी क्रिया
गर्छु । जब आफ्नो बिहानी क्रिया सिदिन्छ तब खाजा खान जान्छु । खाजा चिया पछि पढ्न
बस्छु । मेरो साथी अनि म संगै बसेर पढ्छौँ । जुन कुरा मलाई गाह्रो लाग्छ, त्यो म ऊसँग सोध्छु ।
हामी दुवै निकै मिल्ने, एक अर्कालाई सघाउने साथी हो । हाम्रो
साधारण जीवन खुसीले भरिएको छ ।
विस्मयादि बोधक
१.
उफ, धत्, हगि, स्यावास, ए
२.
उफ ! आज राती मैले कस्तो सपना देखे ।
मलाई कसैले पछाडिबाट खुकुरी प्रहार गरेको । धत् ! यस्तो सपना कसरी आयो होला, अनि मलाई हल्का चोट
लागेछ । त्यसपछि म त्यहाँबाट भागेर घरमा आएछु । ए ! बा भनेर कराएछु । बाबाले ढोका
खोल्ने वित्तिकै म जागेँ । सपना पनि कति अनौठो हुँदो रहेछ हगि । विपनामा हुनै
नसक्ने पनि सपनामा देखिदो रहेछ नि ?
निपात
१.
र, नि, पो, त, खोइ, नाइँ, उ, न, ल, रे, लौ, क्या, है ।
२.
सानासाना बालकहरु खेल्नु, पढ्नु र आफूले देखेको
कुरा कापीमा टिपोट गर्नु राम्रो बानी हो । यसो गर्दाको असफल भएको छ र ! तिमी पनि
पढ, लेख र टिपोट गर त, के हुन्छ ? आजका ठूला मानिस
पहिले बालकै थिए नि । राम्रो काम गरे पढ् पो तिमी ज्ञानी र सज्जन मानिन्छौ । तिमी
ठूलो मानिस होइन असल मानिस बन्न बन । मैले अगि नै भने हगि तिम्रो लक्ष्य आकाशझैँ
विशाल, सगरमाथा झैँ उच्च र सागर झैँ गम्भीर हुनु हो ।
लेख्य चिह्न
अभ्यास
उद्धरण चिह्न
“
”
रिक्त पद
..............
पूर्ण विराम
।
योजक
”
अल्पविराम
,
विस्मय चिह्न
!
प्रश्न चिह्न
?
बुँदा टिपोट
१. विश्वको सर्वाेच्च शिखर सगरमाथा
नेपालको पहिचान र विशेषता,
२. रारा, फोक्सुन्डो, च्छो रोल्पा, दुध पोखरी, रमणीय र महत्वपूर्ण
हिमालहरु
३. केही वर्षदेखि विश्वमा जलवायु
परिवर्तन यस समस्याले गम्भीर प्रभाव परेको,
४. मानवले निर्माण गरेका स्रोत
साधनद्धारा प्रकृतिमा गम्भीर प्रभाव, यो चुनौती देखिएको,
५. केही हिमताल ध्वस्त हुने स्थिति, ती तालहरु नष्ट भएमा
भयानक वातावरणीय समस्या निम्त्याउने ।
बोध
प्रश्नहरु
क उत्तर :
१२ करोड वर्ष अगाडि भौगर्भिक उथलपुथल
हुँदा उत्तरतर्फको युरेसियन प्लेट र दक्षिणमा रहेको भारतीय उपमहाद्धिपको प्लेट एक
आपसमा ठक्कर खाँदा हिमालको उत्पत्ति भएको हो ।
ख उत्तर :
नेपालको भूधरातलीय बनोटमा उचाइका
दृष्टिले तराईको समतल भूक्षेत्रको उचाई समुद्रदेखि ६० मि. छ भने उत्तरको सगरमाथा
हिमालसँग पुग्दा यस धरातलको उचाई ८,८४८ मि. सम्म पुग्दछ ।
ग उत्तर :
नेपालका विभिन्न भुभागमा विद्यमान
तालतलैया, दह, कुण्ड, पोखरी एवम् सिमसार हाम्रा विकासका
धरोहरहरु हुन् ।
घ उत्तर :
तालतलैया, कुण्ड र सिमसार जस्ता
स्रोतहरु विकासका लागि आधार बन्दै आएका छन् । उदाहरणका लागि कास्की जिल्लाको फेवा
तथा वेगनास तालहरुलाई लिन सकिन्छ जसले पोखराको मनोरमतालाई प्रसिद्धिको शिखरमा पु¥याइ दिएका छन् ।
ङ उत्तर :
समतल – सम्मो जमीन भुक्षेत्र
भूगर्भविद – भौगोलिक विविधताको
बारेमा विश्लेषण गर्ने अधिकारी